युद्धकै बीच अफगान सरकार र तालिबान बीच उच्चस्तरीय भेटवार्ता

 साउन २, २०७८ शनिबार १८:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा भिडन्तहरु भैरहेकै बेला अफगान सरकार र तालिबानका प्रतिनिधिहरू बीच भेट भएको छ ।

कतारको दोहामा भइरहेको उच्चस्तरीय छलफलमा सहमतिका लागि दुवै पक्षले पहल गरिरहेका समाचारसंस्था अल जजिराले जनाएको छ । विदेशी सेना फर्कन थालेसँगै तालिबानले विभिन्न भूभागहरु कब्जा गर्ने क्रम शुरु भएपछि अफगानिस्तानमा तनाव बढेको हो । यही तनावका बीच भएको भेटमा सरकारी टोलीको नेतृत्व पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले गर्नुभएको छ । उहाँले अफगानिस्तानमा जारी युद्धको समाधान वार्ता मात्रै भएकोले सबै सम्भावनाहरुलाई खुल्ला राखेर वार्ता भइरहेको बताउनुभएको अल जजिराको खबरमा उल्लेख छ ।

तालिबानका प्रवक्ता मोहम्मद नेइमले पनि आफ्नो समूहले वार्ता र सहमतिमै जोड दिँदै आएको बताउनुभएको छ । दुवै पक्षले सहमतिको कुरा गरिरहेका भए पनि अफगानिस्तानमा पछिल्लो समय अवस्था खराब बन्दै गइरहेको छ । तालिबानले पछिल्लो समय पाकिस्तान, ईरान, उज्वेकिस्तान र ताजकिस्तानसँग जोडिएका क्षेत्र पनि कब्जामा लिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया