राप्तीकाे बाढीले बीस घरपरिवारको उठिबास

 भदौ १३, २०७५ बुधबार ६:५७:४३ | रासस
unn.prixa.net

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका बासिन्दा राप्ती नदीबाट पीडित बनेका छन् । 

नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि त्यस क्षेत्रका २० घरपरिवार विस्थापित भएका छन् । तीन साताको अन्तरालमा त्यस क्षेत्रमा करीब ५० बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएपछि सम्पूर्ण बस्ती डुबानको जोखिममा परेको पीडितहरू बताउँछन् । 

राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष मदन ओलीले राप्ती नदीले धार परिवर्तन गरेका कारण तीन साताको अन्तरालमा मात्रै सो क्षेत्रमा करीब ५० बिगाहाभन्दा बढी खेतीयोग्य जमीन काटान गरी नदी गाउँतिर आउन लागेको बताउनुभयो । 

नदी कटान रोक्नका लागि तटबन्धको लागि ‘जनताको तटबन्ध कार्यक्रम’ तथा विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । मङ्गलबार प्रदेश नं ५ का सांसद कृष्णा केसीले नदीले कटान गरेको जग्गा अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा सांसद केसीले तटबन्धका लागि छुट्टै परियोजना सञ्चालन गरी समस्याको समाधान गर्ने तयारी भइरहेको बताउनुभयो । 

“राप्ती नदीको कटान रोक्नका लागि छुट्टै परियोजना तयार गरेर तटबन्धको साथै नदीले कटान गरेको जमीनको विकासका लागि प्रदेश तथा केन्द्र सरकारबाट विशेष पहल गर्नेछु”,उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया