कपिलवस्तुमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ

 साउन ३, २०७८ आइतबार १९:३०:४९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु​ – कपिल्वस्तुमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ८ बाट ४ जना र कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीबाट एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पक्राउ पर्नेहरुमा वाणगंगा नगरपालिका वडा नम्बर ८ का गुनबहादुर राना, गोपाल थापामगर, मिनबहादुर सेन र टिकाबहादुर थापा रहेका छन् । प्रहरीले उनीहरुबाट चार थान भरुवा बन्दुक बरामद गरेको छ । यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का मन्नु भन्ने मतेश्वर यादवलाई एक थान पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया