आज प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

 साउन ४, २०७८ सोमबार ७:३९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै . अहिले प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

आज प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज वाग्मती प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । यस्तै, आज राति पनि प्रदेश-१, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

भोलि पनि देशभरको मौसम बद्ली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । अबका केही दिन सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र  प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया