नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु

 साउन ४, २०७८ सोमबार ८:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो ।

नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो । टिचिङका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरेको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमा बजारमा पुग्ने जानकारी दिनुभयो ।

कम्पनीले भारतको हैदराबादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी झण्डै ३२ करोड लगानीमा औषधि उत्पादन सुरु गरिएको हो ।

उहाँले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको समेत बताउनुभयो । कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य सङ्गठनको  जीएमपी स्ट्यान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरुप बनाइएको  नेपालकै नमुना कम्पनी भएको जिकिर गर्नुभयो ।

उहाँले आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताउनुभयो ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया