जथाभाबी खनिएका सडकका कारण पहिरोको जोखिम

 साउन ४, २०७८ सोमबार १२:११:५० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - मापदण्डबिना नै खनिएका सडकका कारण ताप्लेजुङका विभिन्न गाउँहरु पहिरोको उच्च जोखिमा परेका छन् ।

ताप्लेजुङका ९ वटा पालिकाका ६१ वडामध्ये ५९ वडाहरु सडक सञ्जालमा जोडिएका छन् । ८ गाउँपालिका र एक नगरपालिकामा जताततै खनिएका सडकका कारण पहिरोको उच्च जोखिम बढेको छ । मापदण्ड बिना नै सडक खन्दा बस्ती जोखिममा परेका हुन् । 

मेरिङ्देन गाउँपालिका-६ नाल्बुका नेत्र नेपालीले घरमाथि खनिएको सडकका कारण पहिरोको जोखिम बढाएको बताउनुभयो । पानी परेपछि पहिरोको डरले रातभरि निन्द्रा नपर्ने उहाँले गुनासो गर्नुभयो । 

फुङलिङ्ल सदरमुकामबाट पूर्वी क्षेत्र जोड्ने खाम्दिने, तेल्लोक, याङ्पाङ, याम्फुदिन, हेल्लोकमा सडक निर्माण भइरहे पनि एक दर्जनभन्दा धेरै ठाउँमा पहिरो गएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया