दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप दिनु नै भएको बताउनु भएको छ।
आज काठमाण्डौ उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको हो ।
यस्तै, उहाँले खोप केन्द्रलाई व्यवस्थित बनाउन र भीडभाड नगराइ खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिनु भएको छ । आजदेखि अमेरिकाले दिएको एक डोज लगाए पुग्ने जोनसन एण्ड जोनसन कम्पनीको खोप अभियान सुरु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।