एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

 साउन ५, २०७८ मंगलबार १०:४३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा दिउँसो ३ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुलाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

हिजोको बैठकले देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । देउवालाई एमले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले र वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले विश्वासको मत दिएका थिए । 

देउवालाई विश्वासको मत दिएपछि एमाले भित्रको विवाद थप उत्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकमा नेता नेपाल पक्ष भने अनुपस्थित हुँदै आएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया