सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित

 साउन ५, २०७८ मंगलबार २०:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यो सङ्ख्या २०१९ मा खोप नपाउने बालबालिकाकाे भन्दा ३७ लाख धेरै हो भने सन् २००९ पछिको सबैभन्दा धेरै हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२० मा एक करोड ७० लाखभन्दा धेरै बालबालिकाले एउटा पनि खोप पाएका छैनन् । खोप नपाउने धेरैजसो बालबालिका द्वन्द्वबाट ग्रस्त समुदाय, दुर्गम क्षेत्र, अनौपचारिक वा सुकुम्वासी बस्ती जस्ता ठाउँमा बस्ने रहेका छन् । उनीहरू आधारभूत स्वास्थ्य तथा सामाजिक सेवाबाट समेत वञ्चित रहेका प्रतिवेदनमा उल्लेख छ ।

डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अदहानोम गेब्रेयससले कोरोनाविरुद्धको खोपको चर्चा भइरहेको बेला अरू खोपबाट निकै पछाडि पर्न थालेको बताउनुभयो । बालबालिकाले खोप नपाएमा दादुरा, पोलियो, मेनिन्जाइटिस जस्ता रोग बढ्न गइ कोरोनाविरुद्ध लडिरहेको स्वास्थ्य प्रणाली नै जोखिममा पर्ने भन्दै उहाँले बालबालिकालाई आधारभूत खोप पुर्‍याउन सबै जुट्नुपर्ने बताउनुभयो ।

युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोरले खोपबारेको पछिल्लो तथ्याङ्क स्वास्थ्यका लागि स्पष्ट चेतावनी भएको भन्दै बालबालिका बचाउन पर्याप्त ध्यान दिनुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया