वन मुद्दाका फरार आराेपी २ वर्षपछि पक्राउ

 साउन ६, २०७८ बुधबार ९:३६:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा वन मुद्दाका फरार आराेपीलाई २ वर्षपछि पक्राउ गरिएकाे छ । अदालतले फैसला सुनाएर पनि साढे २ वर्षदेखि वन मुद्धामा फरार रहेका दाङका  ४ जनालाई प्रहरीले  पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा देउखुरीको राजपुर गाउँपालिका ७ राताकासका ४५ वर्षीय निमप्रसाद विक, ६३ वर्षीय धनबहादुर विक, ६२ वर्षीया राधिका विक र ३४ वर्षीया ताराकुमारी पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

सामूहिक वन मुद्धामा २०७५ माघ १६ गते दाङ देउखुरी जिल्ला अदालतबाट मुद्दा फैसला भएको थियो । उनीहरुलाई जनही ७१  हजार ५ सय २१ रुपैयाँ पचास पैसा जरिबाना तोकिएको थियो । त्यस यता फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राजपुर गाउँपालिका वडा नम्बर ७ राताकासमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रवक्ता डीएसपी रिजालले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया