चितुवाको छालासहित दुई जना पक्राउ

 साउन ६, २०७८ बुधबार १३:२६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको घोराही गोग्लीबाट प्रहरीले चितुवाकाे छालासहित दुई जना पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–३ गोग्लीबाट आज बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङका ५४ वर्षका पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फीट २ इञ्च लम्बाई र छातीको भागको चौडाइ १ फिट ४ इञ्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले जानकारी दिएको  छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया