कांग्रेस सांसद अमरेश सिंहद्वारा राजीनामा

 साउन ६, २०७८ बुधबार २०:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राजीनामा दिनुभएकाे छ । सांसद चाैधरीले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएकाे हाे । 

पार्टीकाे क्रियाशील सदस्यता वितरणमा भएकाे विवादलाई लिएर असन्तुष्ट बन्नुभएका सांसद सिंहले प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाउनुभएकाे हाे । उहाँ पार्टीको प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति पनि असन्तुष्ट हुनुहुन्थ्याे । 

‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहित उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै नेताबाट गैरजिम्मेवार व्यवहार प्रस्तुत हुँदा आम निष्ठावान् कार्यकर्तामा निराशा बढेको छ र प्रदेशमा कांग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पनि निम्तिएको छ । यस्तो अवस्थामा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा मैले विशेष निर्णय लिनुपर्ने भएको छ’, सांसद सिंहले राजीनामा पत्रमा लेख्नुभएको छ । 

उहाँ सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकाे हाे ।   

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया