चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

 साउन ८, २०७८ शुक्रबार ७:४:९ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहिवार अन्दाजी २५–३० वर्षको भाले गैँडा मरेकाे अवस्थामा भेटिएकाे निकुञ्जले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर यस घटना भएको निकुञ्जको अनुमान छ । मरेकाे गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनुभयो।

योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा भाले गैँडा मरेका छन्। 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया