प्रतिनिधि सभा बैठक बस्दै

 साउन ८, २०७८ शुक्रबार ११:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेस गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेस गर्ने कार्यसूची पनि छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया