मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय

 साउन ८, २०७८ शुक्रबार १६:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज शुक्रवार सूचना निकालेर विभिन्न परीक्षालाई ध्यानमा राखेर यसअघि तोकेका स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिक गाडी चलाउन दिने निर्णय भएको जनाएको छ ।

मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, कक्षा १२ तथा लोक सेवा आयोगलगायतका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन काठमाण्डौ उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी सञ्चालनको व्यवस्था मिलाउन सूचनामा भनिएको छ ।

यसअघि गृह मन्त्रालयले सार्वजनिक गाडी चलाउन र मापदण्ड पालना गराउन प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

साथै यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडीलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो । तर लामो दुरीको गाडी सञ्चालन गर्नेबारे निर्णय भएको थिएन ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया