राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको फोटो बिगारेर टिकटक बनाउने व्यक्ति पक्राउ

 साउन १०, २०७८ आइतबार १७:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो दुरुपयोग गरेर, बिगारेर टिकटक बनाउने एक जना पक्राउ परेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर टिकटकमा पोस्ट गरी चरित्र हत्या गर्ने झापाको मेचीनगर नगरपालिका ६ का सोमप्रसाद घिमिरेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया