जसपा आधिकारिकताको निर्णय सनाखतबाटै हुने, सर्वोच्चले दिएन अन्तरिम आदेश

 साउन १०, २०७८ आइतबार १७:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताका लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत गर्न पाउने भएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले समितिका सदस्यको सनाखत गर्ने निर्वाचन आयोगको कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । तर आज आइतवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहर गर्दै दुवै पक्षलाई १५ दिनभित्र छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगजस्तो संवैधानिक निकायको इजलासले दुवै पक्षलाई बोलाएर गर्ने निर्णयमा अन्तरिम आदेश दिनु नपर्ने इजलासको ठहर छ ।

जसपामा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिने भएको छ । यसका लागि आयोगले भोलि साेमवार बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ । कार्यकारिणी समितिमा रहेका ५१ जनामध्ये आफ्नो पक्षमा ३२ जना भएकाले आयोगले मान्यता दिने उपेन्द्र यादव पक्षको दाबी रहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया