मेडिकल काउन्सिलको परीक्षामा 'फेल' भए, डाक्टरकाे प्रमाणपत्र किर्ते गरेकाे आराेपमा पक्राउ परे

 साउन १०, २०७८ आइतबार १८:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल मेडिकल काउन्सिलको छाप र दस्तखत किर्ते गरेर आफूलाई डाक्टर बताउने एक जना पक्राउ परेका छन् ।

काउन्सिलको छाप र रजिस्टारकाे दस्तखत किर्ते गरेको आरोपमा ललितपुर महानगरपालिका वडा नम्बर २ का विजय श्याम रञ्जितलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

रञ्जित चिकित्सकको रूपमा दर्ता हुनका लागि दर्ता प्रमाणपत्र प्रवेश परीक्षामा फेल भएको तर काउन्सिलको पत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप र रजिस्टारकाे दस्तखतसमेत किर्ते गरेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया