कर्मचारी सरुवा, सेवा–सुविधा कटाैतीकाे विराेधमा केएमसीमा प्रदर्शन

 साउन ११, २०७८ सोमबार १४:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै मेडिकल कलेज (केएमसी) का कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीले श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै सोमवार बिहान मेडिकल कलेज अगाडि प्रदर्शन गरेका छन् । 

काठमाण्डाै मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारी त्यसको विराेधमा आन्दोलित भएका हुन् । अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको उनीहरूले दाबी गरेका छन् । 

उनीहरूले कर्मचारी विनियमावली २०७६ मा भएको सेवा–सुविधा व्यवस्थापन परिवर्तन भएपछि सबै सेवा, सुविधा काटिएको र त्यसलाई स्थापित गर्न श्रेष्ठले पहल गरेका कारण उहाँलाई अस्पताल सञ्चालकले स्वामित्व नै नभएको ठाउँमा सरुवा गरेको दाबी गरेका छन् ।

अस्पताल सञ्चालकले श्रेष्ठलाई अस्पतालको स्वामित्व नभएको अस्पतालमा सरुवा गरेको कर्मचारीले आरोप लगाउँदै आएका छन् ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया