सङ्घीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रह गर्न रवीन्द्र मिश्रकाे प्रस्ताव

 साउन ११, २०७८ सोमबार १७:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सङ्घीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गर्नुभएको छ । छलफलका लागि भन्दै मिश्रले सार्वजनिक गर्नुभएको प्रस्तावमा एकताको प्रतीकका रूपमा राजाको स्वीकार्यता उच्च देखिएको उल्लेख छ । 

उहाँले नेपालका लागि गणतन्त्र पनि आयातित भएको टिप्पणी गर्नुभएको छ । मिश्रले सार्वजनिक गर्नुभएको दस्तावेजमा संविधान निर्माण हुनुअघि सङ्घीयताको पक्षमा देखिएका कैयौँ नेता तथा सर्वसाधारणसमेत सङ्घीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुर्‍याएकाे, अनावश्यक रूपमा जनप्रतिनिधि तथा कर्मचारीको सङ्ख्या बढाएको उहाँकाे प्रस्तावमा उल्लेख गरिएकाे छ ।  

यस्तै मिश्रकाे प्रस्तावमा शासकीय दृष्टिकोणबाट झनै भाँडभैलो फैलाएको, सङ्घीयताको आर्थिक बोझ अर्थतन्त्रले धान्न नसक्ने देखिँदै गएको र दीर्घकालमा यसले देशको अखण्डतामाथि समेत प्रश्न सिर्जना गर्ने सम्भावना बढेको भन्दै आलोचना गर्न थालेका छन् भनिएको छ । 

यस्ताे छ प्रस्तावकाे पूर्ण पाठ–

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया