दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकाको पोषण र स्वास्थ्य सङ्कटको अवस्था निम्तिएकाे भन्दै चिन्ता जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बढ्दो गरिबी, असमानता, द्वन्द्व, मौसम परिवर्तन र कोरोनाको भयावह संयोजनले खाद्य प्रणालीमा थप खतरा सिर्जना गरेको र यसबाट विशेष गरी गरिब र सबैभन्दा कमजोर समुदाय तथा परिवारका बालबालिकाको पौष्टिक सम्पन्नताको अवस्थालाई खतरा पुर्याएकाे बताउनुभएको छ । बालबालिका र युवाको आवाजलाई केन्द्रविन्दुमा राखेर नीति र रणनीति बनाउन तथा पौष्टिक, सुरक्षित, किफायती र दिगो आहार पुर्याउन सक्ने गरी खाद्य प्रणालीलाई रूपान्तरण गर्न आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
यस्तै अण्डा, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी जस्ता पौष्टिक खाद्यान्नको अनुदानसहित मूल्य घटाउन वा अस्वस्थकर खाद्य पदार्थको मूल्य बढाउनका लागि करको नीति लागू गर्न डब्ल्यूएचओले सुझाव दिएको छ ।
यस्तै बालबालिकालाई अस्वस्थकर खाद्य पदार्थ र पेय पदार्थको बजारीकरणको हानिकारक प्रभावबाट जोगाउनुपर्ने, अनिवार्य रूपमा बालबालिकालाई स्तनपान गराउन विश्व स्वास्थ्य सङ्गठनले ध्यानाकर्षण गराएकाे छ ।
साथै मातृ सुरक्षा र अभिभावकले पाउने बिदाकf लागि आवश्यक संरक्षण प्रदान गर्ने, सजिलै बुझ्न सकिने सञ्चार रणनीतिको माध्यमबाट खाना, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाबारे जनचेतना फैलाउने लगायतका काम गर्न पनि डब्ल्यूएचओले ध्यानाकर्षण गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।