दार्चुलामा महाकाली नदी तर्दा एक जना बेपत्ता, भारतीय एसएसबीले तुइन काटेकाे स्थानीयको आरोप

 साउन १५, २०७८ शुक्रबार १४:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा महाकाली नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा मालका ३० वर्षका जयसिंह धामी बेपत्ता भएका हुन् । 

महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभएको छ । पाँच/छ जना स्थानीय बासिन्दा सामान लिन भारतको बाटो हुँदै आइरहेको र जयसिंह तुइन तर्ने बेला एक्कासी एसएसबीले तुइन काटिदिएको उहाँको दाबी छ । 

नेपालतर्फ मालघाट र भारततर्फ जयकोट गस्कोमा स्थानीय बासिन्दाले वारपार गर्न तुइन राखेको र आउजाउ गर्ने गरेको तर एसएसबीले तुइन काटेर धामी बेपत्ता भएकोबारे यसै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

तुइनबाट खसेर बेपत्ता भएका धामीको खोजी गर्न र घटनाबारे बुझ्न टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) एवम् सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनुभयो । घटनापछि स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराएका छन् । 

नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउन भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ । पुल बनाउन २०७६ सालमा ठेक्का लागेको भए पनि अहिलेसम्म बन्न सकेको छैन । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया