वैदेशिक रोजगारी : एक वर्षमा १२ सय ४२ जनाको विदेशमै मृत्यु, झण्डै ७४ करोड आर्थिक सहायता

 साउन १५, २०७८ शुक्रबार १६:२०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा गएका १२ सय ४२ जनाको गन्तव्य देशमै ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार विभिन्न २७ देशमा १२ सय ४२ जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदी अरबमा रहेको छ । साउदीमा एक वर्षमा ३ सय ६२  जनाको ज्यान गएको छ । साउदीपछि ज्यान गुमाउने नेपालीको सङ्ख्या सबैभन्दा धेरै मलेसियामा रहेको छ । मलेसियामा १ महिला र २७९  पुरुष गरी २८० जनाको ज्यान गएको ।

मलेसियापछि ज्यान गुमाउनेको सङ्ख्या कतारमा रहेको छ । कतारमा  २३७ पुरुष र २ जना महिला र २३९ जनाको ज्यान गएको छ भने  यूएईमा १९६ पुरुष र १२ जना महिला गरी २०८ आठ जनाएको एक वर्षको अवधिमा ज्यान गुमाएका छन् ।

खाडीको अर्को देश बहराइनमा ३१ जना, कुवेतमा ५५ जना र ओमानमा ७ जनाको ज्यान गएको छ । 

झण्डै ७४ करोड आर्थिक सहायता

वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई बोर्डले झण्डै ७४ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । १२ सय १३ जना पुरुष र २९ महिला गरी १२ सय ४३ जना मृतक कामदारका परिवारलाई बोर्ड ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो ।

यस्तै अङ्गभङ्ग, गम्भीर बिरामी भएर फर्किएका १४३ जना कामदारलाई ७ करोड ३३ लाख २ हजार २ सय रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ भने बोर्डले मृतक कामदारको शव विमानस्थलदेखि घरसम्म पुर्‍याउनका लागि मात्रै १७ लाख ९४ हजार ९७६ रुपैयाँ खर्च गरेको छ । यो रकम ७७० मृतकको शव घरसम्म पुर्‍याउन खर्च भएको बोर्डले उल्लेख गरेको छ । 

१२२ शव झिकाउन समन्वय र सहयोगको लागि मात्रै बोर्डले ९० लाख  ६७ हजार ८१० रुपैयाँ खर्च भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया