गर्मीका कारण सर्पदंशका बिरामी बढे, टोकेलगत्तै अस्पताल जान डाक्टरको सुझाव

 साउन १६, २०७८ शनिबार ११:१०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बढ्दो गर्मी र मनसुनका कारण तराईमा सर्पदंशका घटना बढ्न थालेका छन् । गर्मीयाममा तराई क्षेत्रमा सर्पदंशका घटना बढी हुने गरेको छ ।

लगातारजसो पानी पर्ने र तराईमा गर्मी पनि हुने भएकाले सर्प बाहिर निस्कने गरेको विज्ञले बताएका छन् । महोत्तरी, सिरहा, कैलाली, दाङलगायत तराईका जिल्लामा सर्पदंशका कारण उपचार गराउन अस्पताल जानेहरुको सङ्ख्या बढ्न थालेको छ ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिन्टेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डाक्टर सतिश साहका अनुसार यसअघि एक/दुई जना आउने गरेकोमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउन थालेका बताउनुभयो । सर्पले टोकेलगत्तै अस्पताल पुग्न उहाँको सुझाव छ । 

सर्पले डसेको बिरामीलाई विषको मात्रा हेरेर एन्टीस्नेक भेनमको डोज लगाउने गरिन्छ । गएको वैशाखदेखि हिजोसम्म सर्पदंशका १२ वटा घटनामा ११ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले सुत्दा झुलको प्रयोग गर्न, सर्प लुक्ने सक्ने ठाउँको पहिचान र रातमा हिँड्नुपरे टर्च बालेर हिँड्न पनि सुझाव दिएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया