दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संस्थाहरुले कोरोनाबाट थला परेको अवस्थालाई उकास्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विभिन्न माग गरेका छन् । होटल एसोसिएशन अफ नेपाल, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल, ट्रेकिङ ऐजेन्सिज ऐसोसिएशन अफ नेपाल, नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज् , एअरलाइन अपरेटर्स एसोसिएशन अफ नेपाल, रेस्टुरेन्ट एण्ड बार एसोसिएशन अफ नेपाल, पाटा नेपाल च्याप्टर लगायत संस्थाले कोरोना महामारीको कारण पर्यटन उद्योग जीवन मरणको दोसाँधमा रहेको भन्दै सहयोगको अपिल गरेका हुन् ।
उनीहरुले पर्यटन सेवाप्रदायक व्यवसायी तथा कर्मचारीहरुलाई ३० दिनभित्र खोपको माग गरेका छन् । यस्तै कोरोनाविरुद्धको खोपको मात्रा पूरा गरेका पर्यटकलाई क्वरेण्टीनमा बस्न नपर्ने, विमानस्थलमा पीसीआर परीक्षणको व्यवस्था गरेर पोजेटिभले मात्रै क्वरेण्टीन बस्नुपर्ने, नेपाल घुम्न प्रेरित गर्नका लागि “भिसा अन–अराइभल” व्यवस्था लागू गरिनुपर्ने उनीहरुको माग छ ।
यस्तै बजेटमा उल्लेख गरिएको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि १० दिनको तलबी बिदा अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने, अन्तर्राष्ट्रिय उडानको चर्को इन्धन शुल्क तथा ग्राउन्ड ह्यान्डलिंग शुल्क कम गर्ने, पर्यटन संघ संस्था एवम् विज्ञहरुको नेतृत्वमा ‘टुरिज्म रिकभरी टास्क फोर्स’को स्थापना गरिनुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।
व्यवसायीहरुले मौद्रिक नीतिले व्यवस्था गरेका सुविधाहरु सहज रूपमा सबैको लागि वितरण गरिनुपर्ने र अनुगमन टोली गठन गरी पारदर्शी बनाउनुपर्ने, विद्युत महसुल छुट, पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुको सामाजिक सुरक्षा कोषको रकम नेपाल सरकारबाट कम्तीमा पनि २ वर्षका लागि जम्मा गरिने व्यवस्था हुनुपर्ने पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।