विदेशमा ज्यान गुमाएका नेपालीको शव झिकाउन समन्वय कार्यमा मात्रै ९० लाख रुपैयाँ खर्च

 साउन १७, २०७८ आइतबार १३:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  अघिल्लाे आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका नेपालीको शव झिकाउनको लागि समन्वय कार्यमा मात्रै ९० लाख बढी रुपैयाँ खर्च भएको छ । 

कहिलेकाहीँ विदेशमा ज्यान गुमाएकाहरुलाई सजिलै नेपाल ल्याउन सकिँदैन । कसैले उपचारको क्रममा ज्यान गुमाएका हुन्छन् भने कोही अवैधानिक भएर बसेको बेला ज्यान गुमाएका हुन्छन् । यस्तो अवस्थामा मृतकलाई नेपाल ल्याउन अप्ठेरो हुन्छ । यस्तो परिस्थितिमा वैदेशिक रोजगार बोर्डले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत मृतक कार्यरत कम्पनी वा भर्ना भएको अस्पतालसँग समन्वय गर्नुपर्ने हुन्छ । 

आर्थिक वर्ष २०७७/७८ मा यसरी विभिन्न देशमा ज्यान गुमाएका एक सय १६ पुरुष र ६ महिला गरि एक सय २२ जना नेपाली श्रमिकको शव झिकाउन ९० लाख ६७ हजार ८१० रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।

यही आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका १२ सय ४२ जनाको गन्तव्य देशमै ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार विभिन्न २७ देशमा १२ सय ४२ जनाको ज्यान गएको हो ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया