प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति नियुक्त

 साउन १७, २०७८ आइतबार १८:२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २५ गते सकिने भएकाले साउन २५ गतेदेखि घर बिदामा बस्दै हुनुहुन्छ ।

थापा घर बिदामा बस्न लाग्नुभएकाले जेष्ठताका क्रममा रहनुभएका शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम नियुक्त गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको हो ।  

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया