साउनको अन्तिम हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी

 साउन १८, २०७८ सोमबार ८:४९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यातायात व्यवस्था विभागले यही महिनाको अन्तिम हप्तादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।

विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले यसबारे छलफल भइरहेको र छिटै निर्णय हुने जानकारी दिनुभयो । गएको वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो ।

अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुरिरहँदा कोरोनाको सङ्क्रमण बढेपछि फेरि ट्रायल परीक्षा बन्द गरिएको थियो । विभागले अहिले अनलाइन आवेदन पनि बन्द गरेको छ । ट्रायल परीक्षाको टुङ्गो लागेपछि फेरि अनलाइन आवेदन खुलाउने तयारी गरिएको विभागले जनाएको छ ।

ट्रायल परीक्षा खुलेपछि नयाँ व्यवस्था लागू गर्ने विभागको तयारी छ । अहिले विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अङ्क ल्याए मात्रै पास हुने व्यवस्थामा परिमार्जन गरेर ७० प्रतिशत अङ्क ल्याए पास हुने निर्णय यसअघि नै भइसकेको छ ।

नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइने व्यवस्था छ । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • रबीन्द्र

    Aug. 3, 2021, 9:06 p.m.

    एक मुलुक दुइ नियम किन? सम्पादक ज्यू, हालै लागु गरिएको सवारी लाइसेन्स सम्बन्धी कार्यविधिले Add category को ट्रायल परीक्षा पुरानै मोडेल अर्थात १००% अंक ल्याउनु पर्ने व्यवस्था रहेको भन्ने परिपत्र गरेको रहेछ । यस्तो किन ? अब लाइसेन्सको ट्रायल दिने सबैलाइ नयाँ नियम अनुसार नै ट्रायल दिनपाउने व्यवस्था होस । सबैलाइ एकसमान नियम लागु होस । विभेद नगरियोस । रबीन्द्र लेक साइड

  •  0 Reply

तपाईको प्रतिक्रिया