जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएकोबारे अनुसन्धान गर्न छानबिन टोली दार्चुला प्रस्थान

 साउन १८, २०७८ सोमबार १०:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न छानबिन टोली त्यसतर्फ गएको छ । 

छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली विमानमार्फत दार्चुला गएको हो । आज कैलालीको धनगढी गएर टोली भोलि मात्रै दार्चुला पुग्ने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो । छानबिन समिति पुगेपछि प्रत्यक्षदर्शीसँग छलफल हुनेछ । 

छानबिन समितिले १० दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउनु पर्नेछ । स्थानीय बासिन्दाले भारतीय सीमा सुरक्षा बलको लापरबाहीका कारण जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै आएका छन् ।

भारतीय प्रशासनले भने पत्र पठाएर यस घटनामा भारतीय पक्षको कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया