यूएई आउनेले क्यूआर कोडसहितकाे कोरोना खोपको प्रमाणीकरण गर्न दूतावासको आग्रह

 साउन १८, २०७८ सोमबार १७:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले अब यूएई आउन चाहने नेपाली श्रमिकलाई क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गर्न आग्रह गरेको छ ।

पछिल्लो समय खाडी लगायत धेरै देशहरुले यात्रुको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै क्यूआर कोड लिन दूतावासले आग्रह गरेको हो । 

नेपालमा रहेका राहदानी नवीकरण गर्नुपर्ने वा नयाँ लिनुपर्नेहरुले कोरोना विरुद्धको खोप लिइ नसकेको अवस्थामा vaccine.mohp.gov.np गएर प्री इनरोलमेन्ट फारम भरि आफूलाई पायक पर्ने ठाउँमा खोप लगाउन र क्यूआर कोड सहितको खोप प्रमाणपत्र लिन दूतावासको आग्रह छ । दूतावासले यूएईमा रहेका नेपालीलाई पनि नेपालमा रहेका आफ्ना आफन्तहरुलाई यसबारे जानकारी गराउन भनेको छ ।

यस्तै यूएईमा रहेर कोरोनाको खाेप लिइसकेका नपाली नागरिकले त्यो खोप लगाएको प्रमाण साथमा बोकेर विदेश यात्रा गर्न सकिने दूतावासले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया