दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई सदरमुकाम खलङ्गा झिकाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । ग्रामीण सडक भत्किएकाले पैदल नै सदरमुकाम ल्याइने जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले बताउनुभयो ।
घटनास्थल सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पर्दछ । गएको १५ गते भत्ता वितरणका क्रममा विवाद हुँदा वडा अध्यक्ष नेपालीले सर्पे दमाईलाई कुटपिट गरेका थिए । उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बल्ल उनलाई सदरमुकाम झिकाइएको हो । यसअघि उनले पीडितलाई आउँदाे दिनमा यस्तो गल्ती नगर्ने भन्दै कागज गराएर मिलापत्र गराएका थिए । वडाअध्यक्ष नेपालीलाई कानुनअनुसार कारबाही हुने जाजरकोट प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाका अनुसार पीडित पक्षलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले वडाअध्यक्षमाथि अहिलेसम्म उजुरी दिएका छैनन् । तर, स्थलगत मुचुल्का र प्रमाणका आधारमा अनुसन्धानलाई अगाडि बढाउने प्रहरीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।