अतिक्रमित वन क्षेत्र खाली गराइ वृक्षाराेपण गरियाे

 साउन २३, २०७८ शनिबार १७:४५:२६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्दै आएको करिब ५ कठ्ठा जग्गा डिभिजन वन कार्यालय दाङले आज शनिवार खाली गराएको छ ।

घोराही उपमहानगरपालिका वडा नं ५ धर्नाको बसन्तपुर सामुदायिक वन क्षेत्र अतिक्रमण गरी लगाएको मकै खेती खाली गराएको हाे । अतिक्रमित वन क्षेत्र खाली गराइ त्याे ठाउँमा आजै वृक्षारोपण पनि गरिएको छ । स्थानीय खिमबहादुर सार्कीले सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतपाती गरेका थिए । अहिले त्यहाँ ५० वटा खयरका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहादुर चौधरीको नेतृत्वमा सहायक वन अधिकृतहरु राजेन्द्र श्रेष्ठ, विष्णुप्रसाद लामिछाने, सिद्धान्त बराल सहित गएको वन रक्षकहरुको टोलीले अतिक्रमित वन क्षेत्र खाली गराइ बिरुवा राेपेको हो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया