नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीले गुंला पर्व मनाउँदै

 साउन २५, २०७८ सोमबार ९:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंलाधर्म सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु आजदेखि एक महिनासम्म बिहान विभिन्न परम्परागत बाजा बजाएर विभिन्न तीर्थस्थलमा जाने चलन छ ।

काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायले गुंला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ । तर यसपालि कोरोना भाइरसको जोखिम कायमै रहेकाले एक महिनासम्म हुने धार्मिक गतिविधि पनि प्रभावित भएको छ।

यसैबीच ललितपुरमा आजदेखि बगी जाने भनेर मतयाःको रुट निरीक्षण गर्न जाने पर्व सुरु भएको छ । हरेक वर्ष स्थानीय बासिन्दाले आजदेखि मतया:को रुप निरीक्षण गर्न जाने गर्दछन् । तर यसपालि परम्परालाई मात्र निरन्तरता दिनको लागि १०, १२ जनामात्र भेला  भएर बाजाबिना ब्वगी सुरु गरेको आयोजक न्यकू जात्रा मतयाः व्यवस्था मूल समिति क्षेत्र नम्बर ८, इखालखु टोलले जनाएको छ।

मतयाको रुट निरीक्षण नसकिञ्जेल हरेक बिहान बाजागाजासहित ब्वगी जाने चलन छ । यसपालिको मतया: यही भदौ ८ गते इखालखुबाट सञ्चालन हुनेछ । तर यसपालि कोरोना भाइरसको जोखिमका कारण परम्परालाई मात्र निरन्तरता दिने किसिमबाट सञ्चालन गरिनेछ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया