संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभावबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने

 साउन २५, २०७८ सोमबार १२:४०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जलवायु परिवर्तनका कारण पृथ्वीमा परेको प्रभावबारे संयुक्त राष्ट्र सङ्घका अनुसन्धानकर्ताहरुले आज महत्त्वपूर्ण अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछन् ।

जलवायु परिवर्तनको वैज्ञानिक पक्षका बारेमा अध्ययन गरिएको प्रतिवेदनमा समुद्र, हिउँ तथा स्थल क्षेत्रमा आउँदा दिनको अवस्थाबारे विस्तृत विवरण हुने अपेक्षा छ ।

सन् २०१३ विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको अवस्थाका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक हुन लागेको हो । अनियन्त्रित डढेलो तथा विनाशकारी बाढीका कारण विश्वका विभिन्न देश प्रभावित भइरहेका बेला जलवायु सम्बन्धी महत्त्वपूर्ण अध्ययनलाई निष्कर्ष दिन अनुसन्धानकर्ताहरु छलफलमा जुटेका थिए ।

आज सार्वजनिक हुने प्रतिवेदनले विश्वमा जलवायु परिवर्तनका बारेमा परेको प्रभावबारे गम्भीर चेतावनी दिने बीबीसीले जनाएको छ । प्रतिवेदनमा अमेरिका र क्यानडामा अत्यधिक गर्मी तथा जर्मनी, बेल्जियमसहित युरोपका देश तथा भारत, नेपाललगायत एसियाली देशमा भारी वर्षा र बाढीका घटनाहरु समेटिएका छन् । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया