रुकुम पूर्व : श्रीमान्–श्रीमती उत्तरगङ्गा नदीमा बेपत्ता

 साउन २५, २०७८ सोमबार १६:२८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर


रुकुम पूर्व – रुकुम पूर्वकाे उत्तरगङ्गा नदीमा हाम फालेर दुई जना बेपत्ता भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका १४ राङसीका एक दम्पती नदीमा हाम फालेर बेपत्ता भएका हुन् । आइतवार बेलुका ती दम्पती नदीमा हाम फालेका हुन् । 

प्रहरीका अनुसार ३६ वर्षीय मनिचन कामी र उहाँकी श्रीमती ३० वर्षीया अमृता कामी त्रिवेणीको पुलबाट हाम फालेर उत्तरगङ्गा नदीमा बेपत्ता भएका हुन् । आइतवार ती दम्पतीबीच झगडा भएपछि श्रीमती नदीमा हाल फालेको र उनलाई बचाउन भनी नदीमै पसेका श्रीमान् पनि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठले बेपत्ता दुवै जनाको खोजीलाई तीव्र पारिएको बताउनुभयो । 

बेपत्ता भएका दम्पतीका एक छोरी र एक छोरा रहेका छन् । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया