'मास्क खाेइ' र 'नो हर्न' अभियानमा कडाइ

 साउन २६, २०७८ मंगलबार १८:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डाै उपत्यकामा 'मास्क खाेइ' र 'नो हर्न' अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । 

आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाण्डाै उपत्यकामा मास्क खाेइ र नो हर्न अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले अहिलेको कोरोना सङ्क्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य भएकाले मास्कको प्रयोग बढाउन र अनिवार्य लगाउनुपर्ने चेतना फैलाउन प्ले कार्ड तथा गाडीमा स्टीकर र ट्राफिक जवानको शरीरमा फित्ता लगाएर जागरुकता फैलाएको बताउनुभयो ।

उहाँले हातमा प्ले कार्ड बोकेर हिँड्दा काममा अवराेध हुने भएकाले शरीरमा फित्ता लगाउने अभियान सञ्चालन गरेको बताउनुभयो ।

उहाँले २०७४ सालमा ल्याइएको नो हर्न कार्यक्रमलाई पनि निरन्तरता दिन र चेतना जगाउन कडाइका साथ लागू गर्नुपर्ने बताउनुभयो । एसएसपी भट्टराईले नो हर्नको स्टिकर ड्राइभरले गाडी चलाउँदा देखिने ठाउँमा राखिने बताउनुभयो ।

उहाँले अनावश्यक ठाउँमा हर्न बजाउने ड्राइभरलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।  

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया