आजदेखि राति ८ बजेपछि काठमाण्डाै उपत्यकामा गाडी चलाउन नपाइने

 साउन २८, २०७८ बिहीबार १३:४४:३७ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाण्डौ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी गाडी सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।

आउँदाे भदौ ८ गतेसम्म लागू गरिएको यस आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका गाडी भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने गाडी भने चौबीसै घण्टा सञ्चालन हुने छ।

पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो । अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उपत्यकाको तीन जिल्ला (काठमाण्डौ, ललितपुर र भक्तपुर)का प्रजिअसहितको बैठकले आदेश जारी गरी लागू गरेको हो ।

अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया