पाल्पा–बुटवल सडकखण्ड दिउँसो ४ बजेसम्म बन्द

 जेठ १९, २०७५ शनिबार ९:४०:५ | उज्यालो सहकर्मी

पाल्पा, जेठ १९ – पाल्पा–बुटवल सडकखण्ड दिउँसो ४ बजेसम्मका लागि बन्द भएको छ ।

पाल्पा बुटवलको दोभान क्षेत्रमा बाटो मर्मतका लागि ४ बजेसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सामान्य वर्षा हुँदा समेत पहिरो जान थालेकाले गाडी बन्द गरेर नै पहिरो पन्छाउने र पर्खा लगाउने काम गर्न थालिएको हो ।

दोभान र सिद्धबाबा मन्दिरबीचमा बिहीबार र शुक्रबार पनि पहिरोले सडक अवरुद्ध गरेको थियो । शनिबार सडक बन्द भएपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्बत बागलुङ हिँडेका यात्रु तथा सवारीसाधन अलपत्र परेका  छन् ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया