आज देशका धेरैै ठाउँमा पानी पर्ने

 साउन २९, २०७८ शुक्रबार ७:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका धेरैै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मनसुन सक्रिय भएकाले आज धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिकै रहेको छ । यसले गर्दा अहिले तराईका प्राय: सबैजसो क्षेत्रमा पानी परिरहेको उहाँले बताउनुभयो ।

प्रदेश-२, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज विशेषगरी प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसमविद्ले अबको दुई/चार दिन नै देशका धेरै ठाउँमा पानी पर्ने बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया