आजदेखि गोसाइँकुण्ड मेला सुरु, स्थगित गर्ने तयारी

 साउन २९, २०७८ शुक्रबार ११:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ।

मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । कोभिड–१९ का कारण थोरै सङ्ख्यामा मात्र तीर्थयात्री पुगेका छन् । कोरोना बढेपछि गएको वर्ष मेला सञ्चालन भएको थिएन ।

यसवर्ष पनि मेला स्थगित गर्ने तयारी गरिएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

२०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । त्यतिबेला धुन्चे–गोसाइँकुण्ड पदमार्गबाट १४ हजार र काठमाण्डौ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री पुगेका थिए ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया