तपाईँकाे छाेरा लागुऔषधकाे 'डिलर' हाे, २० हजार नदिए मुद्दा हाली दिन्छाैँ भन्दै धम्क्याउने दुई जना पक्राउ

 साउन २९, २०७८ शुक्रबार १३:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – प्रहरी हाैँ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा झापाकाे कन्काई नगरपालिका ७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामाेड नगरपालिका ३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री रहेका छन् । प्रहरीले उनीहरूलाई हिजाे बिहीवार पक्राउ गरेकाे हाे ।

गएकाे साउन ११ गते दिउँसाे उनीहरू सादा पाेसाकमा नयनसरी राजवंशीकाे घरमा गएर आफूहरू सिभिल प्रहरी हाैँ भन्दै राजवंशीलाई पैसा मागेर ठगेका थिए । उनीहरूले तपाईँकाे छाेरा लागुऔषध खाने/बेच्ने गर्छ र डिलर पनि हाे भन्दै छाेरालाई जाेगाउने भए २० हजार रुपैयाँ दिनुपर्ने र पैसा नदिने हाे भने मुद्दा हाली दिन्छाैँ भन्दै धम्क्याएका थिए ।

उनीहरूले राजवंशीकाे साथमा भएकाे एघार सय रुपैयाँ लिँदै बाँकी पैसा लिन फेरि आउँछाैँ भन्दै धम्की दिएका थिए । त्यसपछि उनीहरू दुई जना साउन १४ गते राति साढे नाै बजेतिर राजवंशीकाे घरमा आइ उहाँका छाेरा २५ वर्षीय विशाललाई बाहिर बोलाएर हामी एउटा मिसनमा आएका हौँ, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको ? भन्दै धम्की दिएका थिए ।

त्यसपछि विकास उप्रेतीले आफ्नाे कम्मरकाे बेल्ट खाेली विशाललगायत अन्य व्यक्तिलाई हानेकाे भन्दै पीडित नयनसरी राजवंशीले असार २२ गते निवेदन दिनुभएकाे थियाे । त्यसैका आधारमा विकास उप्रेती र टीका खत्रीलाई पक्राउ गरी उनीहरूमाथि अभद्र व्यवहार मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया