कपिलवस्तुमा रेडपाण्डाको छालासहित तीन जना पक्राउ

 साउन २९, २०७८ शुक्रबार १५:०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – रेडपाण्डाको छालासहित कपिलवस्तुमा तीन जना पक्राउ परेका छन् । प्रहरीले वाणगङ्गा नगरपालिका ४ सिद्धिपुरमा रहेको एक होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले बताउनुभयो । उनीहरूको साथबाट रेडपाण्डाको दुई वटा छाला र पुच्छर बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका तीन जनालाई बरामद भएको छालासहित प्रहरीले डिभिजन वन कार्यालयमा उपस्थित गराएको छ । उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा चल्ने सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया