वैदेशिक रोजगारी : खोप लगाएको क्यूआर कोड म्यानपावरबाटै पाइने

 साउन २९, २०७८ शुक्रबार १७:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जानेहरुले अब कोरोना विरुद्धको खोप लगाएको विद्युतीय प्रमाण (क्यूआर कोड) सम्बन्धित् म्यानपावरबाटै प्राप्त गर्न सक्नेछन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आज भएको छलफलमा क्यूआरकोड म्यानपावरबाटै दिलाउन निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताउनुभयो ।

म्यानपावर आफैले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिष्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावरको आधिकारिक इमेलमा पठाइने व्यवस्था भएको उहाँको भनाइ छ ।

इमेलमा प्राप्त क्यूआर कोडसहितको प्रमाणपत्र अन्य कुनै निकायबाट थप प्रमाणीकरण गर्नु पर्ने छैन । 
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया