वैदेशिक राेजगारी : अब यसरी लिनुहाेस् खाेप लगाएकाे विद्युतीय प्रमाण

 साउन २९, २०७८ शुक्रबार १८:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाको खोप लगाएको विद्युतीय प्रमाण अर्थात् क्यूआर कोड लिन सहज हुने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आज भएको छलफलमा म्यानपावरमार्फत् वैदेशिक रोजगारीमा जानेहरुलाई क्यूआरकोड म्यानपावरबाटै दिलाउन निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताउनुभयो । म्यानपावर आफैले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिष्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावरको आधिकारिक इमेलमा पठाइने व्यवस्था भएको उहाँको भनाइ छ । इमेलमा प्राप्त क्यूआर कोडसहितको प्रमाणपत्र अन्य कुनै निकायबाट थप प्रमाणीकरण गर्नु पर्ने छैन ।

यस्तै म्यानपावरबाहेक व्यक्तिगत वा पुनः श्रम लिएर जानेहरुको हकमा भने https://vaccine.mohp.gov.np/public-request-form लिंकमा गएर व्यक्तिगत विवरणसहित खोप लगाएको कार्डको फोटो पेस गरी क्यूआर कोड लिन सकिनेछ । 

क्यूआर कोडसहितको प्रमाण लिन कुनै शुल्क नलाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ । 

यो भन्दा पहिले खोप लगाएको क्यूआर कोड लिन तोकिएका निश्चित संस्थामा लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • RAM TAMANG

    Aug. 13, 2021, 8:43 p.m.

    PLZ HELP

  •  0 Reply

तपाईको प्रतिक्रिया