मन नै लाेभ्याउने सङ्खुवासभाकाे प्राकृतिक सुन्दरता (फाेटाे फिचर)

 साउन ३०, २०७८ शनिबार १२:४०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा - नेपालको पूर्वी हिमाली जिल्ला सङ्खुवासभालाई प्राकृतिक श्रोत साधनले भरिपूर्ण मानिन्छ।

विश्वकै होचो उपत्यका अरुण उपत्यका तथा विश्वको पाँचौँ अग्लो चुचुरो मकालु हिमाल पनि यसै जिल्लामा पर्छ ।

यस जिल्लामा भएका धेरै पर्यटकीय क्षेत्रहरुमध्ये मकालु आधार शिविर र शिवधारा प्राकृतिक सुन्दरताले सबैको मन लोभ्याउँछ। करिब दुई सय फिटभन्दा माथि चट्टानको बीचबाट निस्केको शिवधारा, पार्वती गुफा, गर्भवती महिलाको शरीरजस्तो देखिने आमाभुजुङ, जोखिम सूचीमा रहेको शेरसोङ हिमताल, पवित्र वरुण नदीको उद्गमस्थल दूधपोखरी, मकालु आधार शिविर लगायतका ठाउँहरु आकर्षक गन्तव्यका रुपमा चिनिन्छन् ।

यहाँ रहेका प्राकृतिक सुन्दरताका दृश्य : 

तस्बिर साैजन्य : दिपक कोइराला

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया