रसुवामा एक वर्षमा ४ सय हेक्टर क्षेत्रमा सिँचाइ विस्तार

 साउन ३०, २०७८ शनिबार १२:५८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा एक वर्षमा ४ सय हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइएको छ । आर्थिक वर्ष २०७७/७८ मा ४ सय ८० हेक्टर क्षेत्रमा सिँचाइ विस्तार गरिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाका अनुसार नयाँ योजनाबाट ३ सय ७५ हेक्टर र सिंचित क्षेत्रफल सुदृढीकरण कार्यक्रमबाट १ सय ५ हेक्टर थप भएको छ ।

२०७५ साल भन्दा अगाडि जिल्लामा ३ सय हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको थियो । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि अहिलेसम्म ७ सय १३ हेक्टर सिँचाइ निर्माण तथा विस्तार गरेको छ । यो सँगै जिल्लाको १ हजार १३ हेक्टर क्षेत्रमा सिँचाइ पुर्‍याउन सफल भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको कुल खेतीयोग्य जमिनको क्षेत्रफल ९ हजार ५ सय ५० हेक्टर छ । यी सबै क्षेत्रमा सिँचाइ पुर्‍याउन सकिन्छ । तथ्यांक अनुसार हालसम्म जिल्लाको १० दशमलव ७२ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

प्रादेशिक सरकार बनेपछि सिँचाइको निर्माण तथा विस्तारले गति लिएको सब–डिभिजन कार्यालय प्रमुख कृष्णबहादुर पाण्डेले बताउनुभयो । यसअघि अध्ययन बिना योजनामा बजेट व्यवस्था गरिँदा तोकिएको समयमा निर्माण सम्पन्न हुने गरेको थिएन ।

तर पछिल्लो समय अध्ययन गरेर बजेट व्यवस्था गर्ने, सिँचाइ क्षेत्रको नियमित अनुगमन गर्ने र कार्यालयले जनमैत्री सेवा प्रवाह गरेका कारण सिँचाइ क्षेत्र बढ्नुका साथै पुराना अलपत्र योजना समेत निर्माण सम्पन्न भएका छन् । 
 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया