एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – झण्डै तीन करोड रुपैयाँको बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याएको छ । देव विकास बैंकका काठमाण्डौ र ललितपुरका विभिन्न शाखाबाट सवारी कर्जा शीर्षकमा २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएका काभ्रेका केदार ढुंगानालाई इन्टरपोलको सहायतामा पोर्चुगलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।
उनले लिएको ऋण नबुझाएपछि धितो राखेका गाडी लिलामीको लागि यातायात कार्यालयमा पत्राचार गर्दा बैंकको नाममा गाडी नै नरहेको देखिएको थियो । अनुसन्धानको क्रममा केदार ढुंगाना समेतले गाडी कर्जा लिने प्रयोजनको लागि बैंकमा पेस गरेका सवारी दर्ता प्रमाण पत्र समेतका कागजातहरु नक्कली पेस गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
ढुंगानालाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद र सात लाख रुपैयाँ जरिबाना सुनाएपछि उनी फरार रहेका थिए । ढुंगानाविरुद्ध अझै १६ वटा मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ । हिजो पोर्चुगलबाट नेपाल ल्याइएका केदार ढुंगानालाई भोलि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।