चीनसँगको तातोपानी नाका भूकम्पपछि अस्थिर

 साउन ३१, २०७८ आइतबार ७:४९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूकम्पपछि बन्द चीनसँगको तातोपानी नाका अझै सहज बनेको छैन । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार बन्द हुँदा मजदुर बिचल्लीमा परेका छन् ।

अस्थिर ७ वर्षदेखि अस्थिर बनेको नाकालाई सहज बनाउनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग समेत राखेका छन् ।

नाका सञ्चालन नहुँदा समस्या परेको व्यवसायीको गुनासो छ । सिन्धुपाल्चोक विपद् सङ्कटग्रस्त जिल्ला हो । २०७१ सालको जुरे पहिरो, २०७२ को भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा गएको असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक विपद्ग्रस्त बनेको छ ।

कोदारी, तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाडीचौर, मेलम्ची, हेलम्बु लगायतका क्षेत्र अस्तव्यस्त छन् । अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ ।

    

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया