अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारकाे आग्रह

 साउन ३१, २०७८ आइतबार २०:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेशन सुरु गरेको जानकारी दिएको छ । 

अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरूको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट nepalconsular.gov.np मा आफ्नो नामसहितको विवरण भर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ठाउँमा राख्न तथा नेपाल पठाउन अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र सङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरेको पनि जनाएको छ । 

यसैबीच सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्नका लागि एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त देश अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्यालले जानकारी दिनुभयो । 

समितिको बैठकमा मन्त्रालयका सचिव पाैड्यालले अफगानिस्तानमा औपचारिक क्षेत्रमा झन्डै एक हजार पाँच सय नेपाली रहेको बताउनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया