आज साउन महिनाको अन्तिम सोमवार, पशुपतिमा भक्तजनको घुइँचाे

 साउन ३२, २०७८ सोमबार १२:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आज साउन महिनाको अन्तिम सोमवार । देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

आज अन्तिम सोमवार भएकाले पशुपतिमा पनि भक्तजनको भीड लागेको हो । कोरोनाको कारण यसवर्ष पशुपतिनाथको मन्दिर बन्द भए पनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ । कोरोनाको जोखिम बढेसँगै पशुपतिलगायत मन्दिरमा नित्य पूजालाई मात्रै अनुमति दिइएको छ ।

मुल मन्दिर बन्द भए पनि दर्शनर्थीहरु मन्दिर परिसरमा पूजाका लागि पुगेका छन् । अन्तिम सोमवार भएकाले व्रतालुले आज व्रत थन्काउने गर्दछन् । यही कारण पनि पशुपतिमा भीड बढेको हो । साउन महिनाको सोमवारमा हिन्दु महिलाहरुले महादेवको पूजा गर्दै व्रत बस्ने गर्दछन् ।

साउनको सोमवारमा महादेवको पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेर आएको छ । 
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया